पर्सा गढीनगरपालिका वडा नं ५,६, ७ मा रहेका मुसहर, तात्वा र डोम ५२ घर परिवारलाई खाद्यान्न सामाग्री वितरण ।

अजित भुजेल

बिरगंज , फागुन १० गते सोमबार ।

पर्सा गढीनगरपालिका वडा नं ५,६,७ मा रहेको मुसहर,तात्वा,डोम, परिवारहरुलाई गैर सरकारी संस्था असमान नेपाल स्ट्रीट चाइल्ड नेपाल र जावास सस्थाको सहयोगमा खाद्यान्न सामाग्री सहयोग गरेको छ।

सो वडा का वडा अध्यक्ष असलम आलमको अध्यक्षतामा मुसहर,तात्वा,डोम परिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ। छाक टार्न समस्या देखापरे पछि असमान नेपालले ५२ घर परिवारलाई खाद्य सामाग्री सहयोग गरेको थियो ।

सो संस्थाले प्रति परिवार चामल २५ किलो, नुन ३ किलो,मास दाल ३ किलो, मसुरो दाल २ किलो, खाने तेल ३ किलो,चाना २ किलो गरी ५२ घर परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरेको हो ।

सो खाद्यान्न सामाग्री वितरण कार्यक्रममा असमान नेपालका इमर्जेन्सी अफिसर धर्मेन्द्र चौरसिया,जवासका शिवनाथ यादवको उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिकाका उपमेयर अर्चना चौधरीको विषेश उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिका वडा नं ५ का दलित महिला वडा सदस्य सतिया देवी,वडा सदस्य योगेन्द्र साह सैनुलाह मियाँ,लाल बाबु पण्डित, मात्रिक मंडल रमेश यादव लगायतका उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close