गोर्खा सेमेस्ट्रीज ट्रस्ट हङकङद्वारा नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर सहयोग ।

अजित भुजेल

बिरगंज , जेष्ठ ३० गते आइतबार ।

बिरगंज स्थित नारायणी अस्पताललाई तीन थान भेन्टिलेटर सहयोग गरेको छ ।बिगत केही दिन देखि बिश्व महामारीको रुपमा फैलिएको कोभिड -१९ कोरोना भाईरसका कारण जटिल समस्या हुनेहरुलाई आवस्यक भेन्टिलेटर नपाउदा दिनानुदिन धेरैले ज्यान गुमाएका थिए । आउँदा दिनमा बिरामीले अकालमै ज्यान गुमाउन नपरोस भनेर गोर्खा सेमेस्ट्रिज ट्रष्ट हङकङ र अभियन्ता द्वय युकेस राई र सञ्जय राईले आज नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर उपलब्ध गराएका थिए ।

नारायणी अस्पताल सामान्य देखि कोभिड विरामी उपचार गर्ने थलो भएकाले अस्पतालमा आवश्यक रहेको स्वास्थ्य उपकरण भेन्टिलेटर उपलब्ध गराएको ट्रष्टले जनाएको छ ।

गोर्खा सेमेस्ट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईले आज अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा.विरेन्द्र बहादुर प्रधान र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई सन्युक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष मनिष सुनुवार , महासचिव भजान्नद राई,सचिव शान्ता माया राई, कोषाध्यक्ष रञ्जु राई ,नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा,भुमि व्यवस्था समितिकि अध्यक्ष विना शर्मा, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष मानदेव हजरा, शिवजी गुप्ता, विमल पौडेल, अखिलेश साह लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close