
अजित भुजेल
बिरगंज , जेष्ठ ३१ गते सोमबार ।
चौधरी ग्रुपद्वारा स्थापना गरेको सिजि फाउन्डेसनले बारा र रौतहट जिल्लामा रहेका दुई सरकारी अस्पताललाई चार थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । फाउन्डेसनले आज एक कार्यक्रमको आयोजना गरि बारा जिल्लाको कलैयामा रहेको कलैया अस्पताल र रौतहट जिल्लामा रहेको गौर अस्पताललाई १० लिटरको २-२ थान गरि जम्मा ४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको प्रदेश न.२ का प्रमुख सत्येन्द्र झाले पर्सा पोस्टलाई जानकारी दिनु भयो।
सोमबार बिरगंज महानगरपालिका वडा न.११ श्रीपुरमा चौधरी ग्रुपको सिजि फाउन्डेसनको प्रदेश न.२ को प्रादेशिक कार्यालयको उदघाटन गर्नु हुँदै बिरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले फाउन्डेसनको तर्फबाट सो अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर समेत हस्तान्तरण गर्नु भएको थियो ।
सो फाउन्डेसनले यश अघि १० करोड रुपैया लगाएर १५ दिनमा १५ वटा आईस्यु बेड बिरअस्पताललाई हस्तान्तरण गरेको र बिरगंज स्थित नारायणी अस्पताललाई पनि एक पिस भेन्टिलेटर सहयोग गरेको बताए। फाउन्डेसनले केन्द्रबाट सामाजिक उतरदायित्वका काम गर्दै आईरहेको छ , तर अब त्यतीले पुगेन फाउन्डेसनले सातै प्रदेशमा कार्यालय खोलेको र त्यहि प्रादेशिक कार्यालय मार्फत बार्षिक क्यालेन्डर अनुसार कार्यक्रम गर्दै जाने बताए।
त्यसैगरि केही दिन मै जनकपुर अस्पताललाई बच्चाहरुको लागि आईस्यु बेड दिने कार्यक्रम रहेको समेत बताए भने आँखा शिबिर , सानोपाईला सङ्ग सहकार्य गरेर एन्टि ड्रगको कार्यक्रम लगायत थुप्रै कार्यक्रम रहेको बताए ।
सो कार्यक्रममा ब्रहमदेव चौधरी , सत्येन्द्र झा, उमेश साह , धिरज कुमार शर्मा , कृष्ण खनाल लगायतकाको उपस्थिति रहेको थियो ।




