ड्रग्स पार्टी गरिरहेकी बलिउड अभिनेत्री पक्राउ

मुम्बईमा आफ्नो जन्मदिनमा ड्रग्स पार्टीको आयोजना गर्ने बलिउड अभिनेत्री नाइरा नेहल शाहलाई प्रहरीले पक्राउ गरेको छ । पार्टी उत्कर्षमा पुगेका बेला प्रहरीलाई कसैले गोप्य तरिकाले यसबारे जानकारी दिएपछि प्रहरीको समूहले यसैको आधारमा अबेर रात होटलमा छापा मारेको थियो।

प्रहरीको छापामा अभिनेत्री र उनका साथीलाई पक्राउ गरेको छ । घटना मुम्बईको सान्ताक्रुज प्रहरी थाना इलाकाको हो । जहाँ एक पाँचतारे होटलमा बलिउड अभिनेत्री नेहल शाह आफ्नो जन्मदिन मनाइरहेकी थिइन् । उनी ड्रग्ससहित पार्टी गरिरहेकी थिइन् । प्रहरीले आइतबार–सोमबारको राती होटलमा छापा मारेर यसबारे खुलासा गरेको हो ।

एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार अघिल्लो रात करिब ३ बजे एक पाँचतारे होटलमा छापा मारिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यहाँ बलिउडमा साना भूमिका निभाउने अभिनेत्री र उनका साथीहरुलाई ड्रग्स सेवन गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । सान्ताक्रुज प्रहरीले यसका लागि मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार अभिनेत्री नेहल शाह होटलको एउटा रुममा चरेसको प्रयोग पनि गरिरहेका थिए । प्रहरीले तत्काल पार्टीमा उपस्थित अभिनेत्री नेहल र उनका साथी आशिक हुसैनलाई पक्राउ गरियो । दुबैले त्यहाँ चरेसको प्रयोग गरिरहेका थिए ।

सोमबार यी दुईलाई सान्ताक्रुज प्रहरीले दुबैलाई अदालतमा पेश गराए । त्यहाँ अदालतले दुबैलाई जमानतमा रिहा गरिदिएको छ । प्रहरीले घटनाबारे छानबिन गरिरहेको छ । नाइरा नेहल शाहले दुईवटा तेलुगु फिल्ममा पनि काम गरिसकेकी छिन् ।headline biratnagar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close