
अनु पौडेल, झापा । पछिल्लो समय यता नेपालमा अत्याधिक मात्रामा चिसो बढे सँगै तराईमा शितलहरको जोखिम बढी रहेको छ । यसै क्रममा झापा स्थित भद्रपुर नगरपालिका वार्ड न. ७, वार्ड न. १० र वार्ड न. ३ सन्थाल बस्तिमा रहेका एक सय घर परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
हाम्रो अभियानको संयोजनमा आज ब्लान्केट, टाउजर, टोपी, जुत्ता, चप्पल आदि लगायतका सामग्री वितरण गरिएको छ । विभिन्न ठाउबाट संकलन गरिएको उक्त कपडाहरु दैनिक मजदुरी , ज्यालादारी कामबाट जिविकोपार्जन गर्दै आएका परिवारहरुलाई न्यानो माया बाड्ने उदेश्यले यो अभियानको सुरुवात् गरिएको अभियानका सचिब बिष्णु प्रसाद आचार्य बताउछन् ।
कार्यक्रममा हाम्रो अभियानबाट बिज्ञानराज पौडेल, सन्दिप गिरी , सर्मिला कणेल, निलम कार्कीका साथै स्थानीय युवा, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाज सेवीको उपस्थितिमा बितरण कार्य सम्पन्न भएको छ ।
यसअघि हाम्रो अभियानले झापाको काकरभिट्टा देखि उर्लाबारीमा दैनिकरुपमा सडकपेटी एवं सार्वजनिक स्थलहरुमा आश्रित ७० जना सडक मानवको उद्दार संगै उनीहरुलाई टोपी, म्याट, स्वीटर, पन्जा लगायतका सामाग्री वितरण गरिसकेको छ ।