
वीरगंज -चिसोलाई मध्यनजर गर्दै आईतबार रातिदेखि वीरगंजमा असहाय तथा सडक पेटीमा सुतेर जीवन व्यतित गर्दैकालाई ज्याकेट वितरण गर्ने कार्य शुरु भएको छ । वर्षझै यसवर्षपनि समर्पण सेवा संस्थाको सहयोगमा सोनार युवा अभियाले ज्याकेट वितरण गर्ने कार्य सुरु गरेको हो ।
अभियानका संयोजक राजकुमार सर्राफले खुल्ला अकाश मुनी सडक पेटिमा बाँस बस्न बाध्य रहेका अति बिपन्न बर्गका ब्यक्तिहरुलाइ घंटाघर, बस्पार्क , लक्ष्मनवा , सक्राचार्य गेट , आदर्शनगर , नारायणी अस्पताल लगायतका ठाँउहरुमा ३५ जनालाई ३५ थान ज्याकेट वितरण गरिएको बताउनुभयो ।
सो वितरण कार्यक्रममा अभियानमा सोनार युवा अभियानका हरि ॐ सरार्फ ,बिक्की सरार्फ , विवेक सरार्फ ,प्रभु सरार्फ , आदित्य सरार्फ , राहुल सरार्फ , रामदयाल सरार्फ र सुमन सरार्फ लगायत युवाहरूको सहभागीता रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस



