बिरगंज युवा समाजद्वारा नारायणी अस्पताल पुनः जनताको अस्पताल हुनु पर्ने जोडदार माग ।

बिरगंज १३ बैशाख –परिवर्तनको लागी जिम्मेवार” बिरगंज युवा समाजले आज एक प्रेस बिज्ञप्ति मार्फत नारायणी अस्पतालमा कोरोना भाईरस अर्थात कोभिड -१९ का संक्रमणको उपचार थालिए लगतै अन्य सबै खाले सेवाहरु ठप्प भएकोले महानगरले कोभिड -१९ को बिशेष अस्पताल छुट्टै ठाउमा स्थापना गरेर नारायणी अस्पताललाई पहिले कै अवस्थामा फर्काई गरिब , बिपन्न तथा निम्न आय भएका व्यक्तिहरुको उपचारका लागी सहज तुल्याईदिन जोरडार माग गरेको छ ।

काठमाडौं बाहिर कै सबैभन्दा पुरानो अस्पतालको रुपमा रहेको यो नारायणी अस्पताल अहिले केन्द्र मातहतमा रहेको र बारा, पर्सा , रौतहट , मकवानपुर , मध्य तराई र छिमेकी भारतका विभिन्न ठाउबाट आएका बिरामीहरु कै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने भरपर्दो स्वास्थ्य सस्था रहदै आएको यस अस्पतालबाट बालबालिका , युवा, बृद्व सबै उमेर समुह र जटिल स्वास्थ्य सेवाको उपचार , साथै अतिआवस्यक डाईलासिस सेवा पनि यस अस्पतालबाट सहज र सुलभ रुपमा उपलब्ध हुदै आईरहेको थियो तर अहिले ४ जना कोरोना संक्रमणितहरुको लागि पुरै सेवा बन्द गरि कोभिड -१९ को उपचारको लागी बिशेष अस्पताल बनाउन गरिएको सरकारको निर्णय सच्याएर पुनः पहिले कै जस्तै आकस्मिक सेवा, जनरल सेवा, ओपिडी सेवा, आईसियु सेवा, प्रसृति सेवा देखी सम्पूर्ण सेवा सुचारु हुने गरि अस्पताल सन्चालन गर्नुको साथै कोरोना सक्रमितहरुको उपचारको लागी महानगरले गरेको सम्झौता बमोजिम यथाशक्य चाडो काम गर्न समेत माग गरेको छ ।

यसै गरि निजि स्वास्थ्य सस्थामा महगो सुल्क तिर्न नसक्ने सामान्य नागरिकका लागी नारायणी अस्पताल नै एक मात्रै आशाको केन्द्र भएकोले निम्न आय भएका व्यक्तिहरुको उपचारका लागी सहज र सुलभ तुल्याईदिन समेत प्रेस बिज्ञप्ति मार्फत जोडदार माग गरेको बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाईको हस्ताक्षर रहेको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close