मंगलवार बढ्यो सुन तथा चाँदीको मूल्य

नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. ३०० ले घटेको सुनको भाउ मंगलवार सोही अंकले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो ।

सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला रू. १ हजार २२० मा कारोबार भएको चाँदी मंगलवार रू. १० ले बढेर १ हजार २३० मा किनबेच भइरहेको छ । साभार आर्थिक अभियान बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close