
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का वरिष्ठ नेता तथा वीरगंज का पुर्ब मेयर स्वर्गीय गोपाल गिरी को श्रध्दाञ्जली सभा एक कार्यक्रमका बीच मनाइएको छ । वीरगंज स्थित राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जनसम्पर्क कार्यालय शम्भु प्रसाद चौरसिया को घरमा आज श्रध्दाञ्जली सभा मनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का अध्यक्ष्य अंगद ठाकुर को अध्यक्षमा भएको कार्यक्रममा विशिष्ट अतिथि स्वर्गीय गोपाल गिरीका छोरा गिरिस गिरीको अतिथिमा भएको कार्यक्रममा स्वर्गिय गोपाल गिरी का छोरा गिरिस गिरी ले आफनो बुवा को बारेमा पार्टी प्रति र वीरगञ्ज का मेयर भएको बेला साथै नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षको जिम्मेदारी पाएको बारेमा चर्चा परिचर्चा गर्दै म आफनो बुवाको काम को मुल्यांकन भन्दा धेरै नै काम गर्नु भएको छ र वीरगञ्ज को रेलवे लाइन लाइ रेलवे रोड नामाकरण साथै वीरगंज को मेन रोड फराकिलो बनाउन मा खेलेको भुमिका बारेमा चर्चा गर्दै मैले नदेखिएको कार्यको मरो अग्रजहरुले मेरो बुवाको बारेमा बताउनुहुन्छ भनि आफनो भनाइ राखेका थिए।
श्रध्दाञ्जली सभा मा बक्तब्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का पुर्ब केन्द्रीय सदस्य शम्भु प्रसाद चौरसिया ले स्वर्गीय गोपाल गिरी को मेयर पदमा रहेको बेला उहाँ कुनैपनि धनि गरिब नछुटयाइ जन्ताको काम मा दिनरात खटिराखनु भएको थियो।
मन्तब्य कै क्रममा पार्टी का पुर्ब केन्द्रीय सदस्य रामबहादुर थापा ले स्वर्गीय गोपाल गिरी को जति पनि चर्चा परिचर्चा गर्दा कमि नै भएको बताए। मन्तब्य कै क्रममा नेपाल बिदत परिषद का पर्सा अध्यक्ष रामनारायण साह लगायत ले आ-आफ्नो स्वर्गीय गोपाल गिरी को बारेमा चर्चा परिचर्चा गरेका थिए।
उत्क श्रद्धाञ्जली सभा कार्यक्रम मा पार्टी का पुर्ब केन्द्रीय सदस्य नगिना यादव, पार्टी का जिल्ला उपाध्यक्ष अवध किसोर साह, जिल्ला सदस्य बिरेन्द्र प्रसाद यादव, उदित सहनी,पर्सागढी नगरपालिका का नगर अध्यक्ष रोसन कुमार यादव,दिपनरायण यादव लगायतका ब्यत्किहरुको सहभागिता रहेको थियो।
साथै श्रद्धाञ्जली सभा लाइ सम्पन्न गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का अध्यक्ष अंगद ठाकुर के स्वर्गीय गोपाल गिरी ले पार्टी प्रति को इमान्दारी र बिस्वसनिय ब्यत्किरहको साथै वीरगंज का मेयर भएको बेला मा बिकास को पुर्वाधार निर्माण मा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको बताउनु भएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी का जिल्ला सचिव अजय पौडेल ले गरेका थिए।




