नेपाली काँग्रेस द्वारा वीरगञ्जमा मौलाउँदो बेथिति, भ्रष्टाचार र अराजकता हटाउने विषयमा सांकेतिक बिरोध कार्यक्रम

वीरगंज, पर्सा

नेपाली काँग्रेस पर्सा द्वारा वीरगञ्जमा मौलाउँदो बेथिति, भ्रष्टाचार र अराजकता हटाउने अठोटका साथ आज नेपाली कांग्रेस पर्सा सम्बद्ध युवाहरुले सांकेतिक बिरोध कार्यक्रम सम्पन्न गरेका छन्।

वीरगंज महानगरपालिकामा ब्याप्क रहेको भ्रष्टाचार, विकास कार्य, अनियमिता तथा बेतिथी बिद्यमान रहेको बिरुद्ध आज वीरगंज को घण्टाघर चौक बाट बिभिन्न नारा सहित निस्केको र्याली माइस्थान चौकमा पुगी गहवामाई मन्दिर मा मन्दिर का पुजारी मार्फत गहवामाई लाइ गुहार पत्र चढाइ सांकेतिक कार्यक्रम सम्पन्न भएको थियो।

उत्क कार्यक्रमको सभापतित्व ज्योतिष सम्राट पुरुषोत्तम दुबेले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथिमा नेपाली कांग्रेस पर्सा क्षेत्र २का क्षेत्रिय सभापति मोहमद सहाबुद्दीनको प्रमुख अतिथि तथा बिसिष्ट अतिथिमा प्रा.डॉ.हरेराम ठाकुर,बुथ सभापति वार्ड १४ का बिशेषर पटेल र कार्यक्रम को आयोजना गर्ने आयोजक कंचन झा रहेका थिए।

उत्क सांकेतिक बिरोध कार्यक्रम लाइ सम्बोधन गर्दै नेपाली कांग्रेस पर्सा क्षेत्र २ का क्षेत्रिय सभापति मोहमद सहाबुद्दीनले वीरगंज महानगर को मापदण्ड अनुसार हुनु पर्ने भौतिक निर्माण एवं पुर्बाधार,सहरको आर्थिक बिकाश, सामजिक सुरक्षा, स्वास्थ, शिक्षा,ब्यापार प्रबर्धन, पर्यावरण निति, प्रबिधि मैत्री पुर्बाधार को बिकाश तथा आधुनिक यातायात निर्माण हुन नसक्नु दुर्भाय पूर्ण हो बताएका छन्।

त्यसतै सम्बोधन कै क्रममा नेपाली काँग्रेस पर्सा का युवा नेता धिरज गुप्ताले सुशासन, भ्रस्टचार मुक्त निति तथा कार्यक्रम, गुरु योजना, सक्षम नेतृत्व तथा दृढ इक्षा शक्ति साथ का वीरगंज को काया पलट गर्न सकिन्छ भन्ने आफनो धारणा राखेका थिए।

साथै कार्यक्रममा नेबिसंघका रमेश यादव, बाल्मिकी यादव, अर्जुन गुप्ता, साबिर हुसैन लगायत पार्टीका कार्यकर्ता तथा युवा हरु को उल्लेखनीय सहभागिता रहेको थियो भने क्रायक्रमको सञ्चालन युवा नेता रामनिवास यादवले गरेका थिए नेपाली काँग्रेस पर्साका युवा नेता धिरज गुप्ता ले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close