
राहुल गुप्ता
यातायात व्यवस्था कार्यालय गौर परिसरमा सेवाग्राहीलाई बिचौलियाले तानातान गर्ने गरेका छन । कार्यालय परिसरमा फलफूल व्यापार गर्ने देखी मास्क बेच्ने, चुरोट, खैनी, चटपटे बेच्ने समेत यातायातसँग सम्बन्धित काम लिएर गएका सेवाग्राहीँग दलाली गर्छन। उनीहरुबाट सर्वसाधारण सेवाग्राहीहरु दिनदहाडै ठगिनेगरेका गुनासो बढ्दै गएको छ।
अहिले सर्वसाधारणले नियम पूर्वक ट्रायल र लिखित परिक्षा पास भएपनि बिना बिचौलियाको कुनै काम भइरहेको छैन धेरै गुनासो हुदाहुदै पनि माथि कर्मचारी देखि तल्लो स्तरको कर्मचारी सबैको मिलोमतोमा खुल्याम मोटरसाइकल, स्कूटी, टेम्पृ यसमा पास गराउन १५ देखि २० हजार र कार, चिप, डेलभरी ब्यान, २५ देखि ३५ हजार लिएर मात्र पास गराइरहेको धेरै जना सेवाग्राहीले दुखेसो पोखेका छन् । यश सम्बन्धि कार्यलय प्रमुख अबिन्द्र दास लाई सोधपुछ गर्दा आफू लाई जानकारी नभएको बताउँछन् ।
अहिले गौर यातायातमा यातायात सम्बन्धी सानातिना काम लिएर जाँदा समेत सेवाग्राही आफैले ती कामहरु गर्न सक्दैनन्। कुनै न कुनै बिचौलिया नसमाइ काम गर्न नसकिने सेवाग्राहीहरुको गुनासो छ। सवारी साधनको कर बुझाउने देखि नविकरण गर्ने, लाइसेन्स सम्बन्धी कामहरु गर्नका लागि कर्मचारी सिधै कर्मचारी समक्ष पुग्न नसकिने उनिहरुले भनाइ छ। विगत एक साता देखि लाइसेन्स भेरीफाइको काम लिएर निरन्तर यातायात व्यवस्था कार्यालय धाएका रौतहट वृदावन नगरपालिकाका प्रविन कुमार साहले अझै काम नसकिएको बताउँछन्।
त्यस्तै विचौलियाहरु ले कार्यालयमा आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले काम लगाइदिने भनी तोकिएको भन्दा बढी शुल्क गरेका छन । यसको बारेमा चौतर्फी बिरोध हुन थाले पनि यस बारे सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन।
वास्तविक यस्ता कार्य लाई रोक्न छानबिन गरि त्यस्तो बिचौलियाको पहिचान गरि कडा भन्दा कडा कार्वाही गर्न आवस्यक रहेको छ ।




