
बारा प्रहरी प्रमुखले तस्करीमा कडाई गरेको नाटक गरेपनि अहिले ग्रामीण भेगमा रहेका सशस्त्र प्रहरी बीओपीको मिलोमतोमा ब्यापक तस्करी मौलाएको छ ।बाराका शहरी क्षेत्रका मुख्यनाकाहरुमा सशस्त्र प्रहरीले तस्करीमा केही कडाई गरेजस्तो गरेपछि अहिले तस्करहरु बाराको ग्रामीण भेगमा रहेको पिपरपाती एरियाको भण्टाबारीघाट, पथल्वाघाट तथा व्यापक तस्करी भइरहेको छ ।
प्राप्त समाचार अनुसार पिपरपाती एरियाका सशस्त्र प्रहरी बिओपीका प्रमुख प्रहरी नायब उपरीक्षक काली प्रसाद चौधरीलाई नजराना बुझाएर तस्करका नाइके अरबिन्द साहले सुर्तीका सुखा ,कपडा , कस्मेटिक , स्पेयरपार्ट्स , हाडयेवर लगायतका बस्तुहरु भित्र्याएको स्थानीयले नाम नछाप्ने शर्तमा बताएका छन् ।
अहिले सो नाकाबाट दैनिक रातीको समयमा भारतबाट सुर्ती, लत्ता कपडा,हाडयेवर,जुत्ता चप्पल लगायतका लाखौं रुपैयाँ बराबरका सामानहरु तस्कर अरबिन्द साहको समुहले अबैध रुपमा भित्र्याउने गरेपनि बारा जिल्लाको सशस्त्र प्रहरी रकम बुझेर आखाँमा पटटी बाधेर चुप लागेर बस्ने गरेका छन् ।
बाराको ग्रामीण भेग पिपरपाती बिओपी नाकाबाट सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक काली प्रसाद चौधरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनि बाराका सशस्त्र प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेका छन् ।
त्यस्तै अहिले सो नाकाबाट हाडयेवर,रंजनीगंधाको तस्करी भइरहेपनि सो नाकाका प्रहरीहरुले केही कडाई नगरेपछि सशस्त्र प्रहरी माथी प्रश्नचिन्ह खडा भएको छ ।सो नाकाबाट तस्करी भएका सामानहरु तस्करहरुले चितवन,नारायणगढ र काठमाडौंसम्म पुर्याउने गरेको स्थानीयहरु बताउछन् ।




