दोस्रो चरणको राहत बितरण गरि कार्यक्रम सम्पन्न

वीरगञ्ज – विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण सरकारले देश लकडाउन गरेपछि प्रभावित भएका गर्भवति तथा सुत्केरी महिलाहरुलाई राहत वितरण गर्दै आएको युवालयले दोस्रो चरणको राहत वितरण शुरु गरेको छ ।

ईम्प्रुभिङ्ग नेपालको आर्थिक सहयोगमा युवालयल नामक गैर सरकारी संस्थाले दोस्रो चरणमा १५ दिनसम्मको लागि अण्डा र दुध वितरण शुरु गरेको हो ।

दोस्रो चरणको पौष्टिक आहार वीरगञ्ज महानगरपालिका वडा न. १६ नगवाका १२ जना, वडा न. २२ जगरनाथपुरका १० जना, वडा न. २८ बगहीका १५ जना, वडा न. ३० लालपर्साका १६ जना र वडा न. ३१ बेल्वा र प्रसौनिका २० जनालाई वितरण गरिएको युवालयका कार्यसमिति सदस्य जया शाहले जानकारी दिनुभयो ।

सरकारले अहिले लकडाउन खुकुलो बनाएसँगै सुत्केरी तथा गर्भवति महिलाहरुलाई थोरै भएपनि सहयोग पुग्ने अभिप्रायले राहत वितरण थालिएको साहले बताउनुभयो । बालअधिकारकर्मी समेत रहनुभएका साहकै पहलमा यसअघि पनि पहिलो चरणमा १५ दिनका लागि दूध , साबुन, गम्छा, अण्डा लगायतका सामाग्री वितरण गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close