
०२ गते शुक्रबार ।
बिपि कोईराला युवा नेतृत्व बिकाश मञ्च पर्साद्वारा स्व.गणेशमान सिंह को २३औं स्मृति दिवस शुक्रबार बिरगंजमा धुमधामका साथ मनाएका थिए ।
बीरगंज बिर्ता स्थित गणेश मान सिंह चौकमा रहेको शालिकमा प्रमुख अतिथी नेपाली काङ्ग्रेसका जिल्ला सभापति अजय द्रिवेदी लगायत उपस्थित अतिथीहरुद्वारा गणेशमान सिंहको शालीकमा माल्याअर्पण एवं दिप प्रज्वलन गर्नु भएको थियो ।
सो कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष हरिन्द्र यादवले गर्नु भएको थियो भने कार्यक्रम संचालन मञ्चका सचिव जय प्रकाश प्रसाद गुप्ताले गर्नु भएको थियो।
नेपाली काङ्ग्रेस पर्साका जिल्ला उपाध्यक्ष द्वय दिना गुप्ता, प्रकाश उपाध्याय,महासमिति सदस्य शम्भू चौहान,जिल्ला सह-सचिव रोशन लामीछाने,जिपि कोईराला फाउन्डेसन पर्साका अध्यक्ष महम्मद सहाबुद्दीन,सचिव धीरज गुप्ता , सदस्य जितेंद्र सिंह, ने.का.नेता लक्ष्मी नाथ नेपाल,वडा न. ४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु , बूथ सभापति हुकुम सिंह , महिला संधकी कार्यबाहक अध्यक्ष रूपा श्रेष्ठ , ठा. रा.ब.क्याम्पसका निबर्तमान क्याम्पस प्रमुख डॉ. प्रमोद कुशवाहा, ने.का.जिल्ला सदस्य धर्मेंद्र पटेल,भवानी घिमिरे,कांग्रेसका नेता शिव नारायण यादव,मञ्चका उपाध्यक्ष दीपक कुमार साह कानु , सह-सचिव रंजन चौरसिया,दीपेश श्रीवास्तव , कोषाध्यक्ष प्रीति सिंह , सदस्यहरु अंजान गुप्ता, राजा गुप्ता, अनिल साह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम प्रदेश सम्पर्क प्रदेश न:२ का मनोहर कुमार साहको पनि बिशेष उपस्थिति रहेको युवा नेतुत्व मञ्चका जिल्ला सदस्य राहुल गुप्ताले प्रहार डेलीलाई जानकारी गराएका थिए ।



