नेकपाका पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यारालाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि बिरोध प्रदर्शन ।

अजित भुजेल

बीरगंज, कार्तिक ०८ गते शनिबार ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) पर्साले बिन्दवासनी गाउपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा दर्जनौं व्यक्ति घाइते भएको र जिल्ला सदस्य मुकेश चौरसिया झपड भएको ठाउमा दुबै पक्षलाई सम्झाउन गएको बेला आफ्नै कार्यकर्ताहरुबाट बासको फाटाले टाउकोमा हिर्काएर गम्भीर अवस्थामा बिरगंज स्थित न्युरो अस्पतालमा लैजादा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

नेकपाका पर्सा जिल्ला सदस्य मृतक मुकेश चौरसियाको हत्यारालाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा घेराउ गर्नुको साथै कार्यालय अगाडि टायर बाली बिरोध प्रदर्शन समेत गरेका थिए ।

त्यसै गरि काठमाडौं देखी आएका स्थायी समिति सदस्य नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधि मातृका प्रसाद यादव र सुरेन्द्र पाण्डेको नेतृत्वमा आज जिल्ला प्रहरी कार्यालय पर्सा घेराउ गरेको थियो !

मुकेश चौरसियालाई हत्या गर्ने खुल्लेयाम घुम्न पाइँदैन भन्दै हत्यारालाई कारवाही गर, हाम्रो मुद्दा दर्ता गर , हत्यारालाई बचाउन पाइँदैन, मृतक परिवारलाई क्षतिपूर्ति देऊ लेखेको पम्पलेट सहित बिरोध प्रर्दशन गरेका थिए ।

बिरोध प्रदर्शनमा रहबर अंसारी, शम्भु गुप्ता, जयलाल शाह, अहसान अंसारी,अरुण यादव , लगायतका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो !

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close