
घनश्याम यादव
कपिलवस्तु : कपिलवस्तु जिल्ला काे बाणगंगा नगरपालिका वडा नं.-४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजमा रेड पाण्डाको छाला सहित तीन जना लाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएका छन ।
सूचनाको जानकारीका आधारमा लुम्विनी प्रदेश प्रहरी अनुसन्धान समुहका टोलि र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोली मिलेर होटलमा छापा मर्दा होटलमा झापा जिल्ला काे विर्तामोड नगरपालिका वडा नं. ५ सनिश्चरे बस्ने २९ बर्षीय खगेन्द्र पुरी , ३२ बर्षीय आशिष जोगी र २६ बर्षीय सौरब राजवंशीसहित ३ जनालाई जिल्ला प्रहरी ले नियन्त्रणमा लिएको हाे ।
मानिसहरुको खोज शरिर खानतलासी गर्ने क्रममा त्यही होटलको कोठा नम्वर १०४ मा २ वटा रेड पाण्डाको छाला सहित रेड पाण्डाको पुच्छर १ वटा बरामद गरी उक्त बरामद रेड पाण्डाको छाला, पाण्डाकाे पुच्छर सहित मानिसलाई तत्काल नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनु भएको छ ।