
विजयनगरमा आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट, २० लाखको क्षति
जेष्ठ १३ –विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. ७ मानपुरमा करिब दिउँसो साढे १ बजेतिर आगलागी हुँदा घरगोठ जलेको हो । स्थानीय रमेश यादवको गोठबाट आगलागी भएको थियो
।
आगलागीबाट लत्ता कपडा, खाद्यान्न, भाँडाकुडा नगद र गरगहनासहित अन्दाजी २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल जानकारी दिनुभएको छ ।
आगलागीबाट पशु चौपाया र मानवीय क्षति नभएको नेपालले बताउनुभयो ।
आगो किन कसरी लाग्यो भन्ने अझै खुल्न सकेको छैन । आगो स्थानीय, प्रहरी र दमकलद्धारा नियन्त्रणमा आएकोे थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




