असई बिश्वकर्मालाई “टिम नेपो कोभिड-१९ हिरो अवार्ड“

बुटवल, १८ भदाै । टिम नेपो प्रदेश ५ को संयोजनमा टिम नेपो तिलोत्तमाद्वारा कोभिडको महामारीको बेला पनि आफ्नो कार्यक्षेत्रमा रातदिन खटी जनताको सुरक्षा र स्वास्थ्यमा अतुलनिय भूमिका खेलेको भन्दै अस्थायी प्रहरी चौकी योगिकुटीका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिमला बिश्वकर्मालाई “टिम नेपो कोभिड-१९ हिरो अवार्ड” बाट सम्मान गर्नुका साथै चौकीलाई मास्क, सेनिटाइजर, फेस सिल्ड लगायत सामाग्री हस्तान्तरण गरेको छ ।

टिम नेपो प्रदेश ५ का संयोजक अशोक गौतमको प्रमुख आतिथ्यता, टिम नेपो तिलोत्तमाका क्लब अध्यक्ष हरी न्यौपानेको सभापत्तित्व तथा इन्चार्ज बिमला बिश्वकर्मा, जागृति युवा क्लबका अध्यक्ष बिदुर केसी, दाउन्ने श्री अटो ट्रेडर्सका संचालक तथा समाजसेवी रमेश पाण्डे लगायतको आतिथ्यतामा सामाजिक दुरी कायम गरी गरिएको उक्त कार्यक्रम सम्पन्न भएकाे जनाइएकाे छ ।टिम नेपाे सामाजिक रूपमा सक्रिय संस्थाहरू मध्ये एक हाे ।
आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close