रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई कार्वाही काे माग गर्दै कपिलवस्तु का प्रमुख पाैडेल लाई ज्ञापनपत्र

धनी राम काेरी
कपिलवस्तु , २२ भदौ
प्रदेश न ं २ मा दलितहरु माथि भएको हिंसा , बलात्कार जस्ताे घटनाहरु दिन प्रति दिन बढी रहेको छ । रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई कार्यवाही गर्न का लागि कपिलवस्तु दलित नागरिक समाज द्वारा जिल्ला प्रमुख अधिकारी दिर्घ नारायण पाैडेल लाई ज्ञापनपत्र बुझाउनु भए छ । जिल्ला प्रमुख अधिकारी पाैडेल मार्फत प्रधानमन्त्री लाई समेत ज्ञापनपत्र बुझाउनु भए छ ।

बुद्धपद्म माध्यमिक विद्यालय देखि कपिलवस्तु जिल्ला प्रशासन कार्यालय सम्म शान्तिपूर्ण रैली निकालेर ज्ञापनपत्र बुझाइएको छन । ज्ञापनपत्र बुझ्ने मा दलित अधिकारकर्मी , समाजिक अभियान्ता , अन्य व्यक्तिहरुकाे समेत उपस्थिति रहेको थियो ।

दलित हरु माथि दिन प्रति दिन बलात्कार , हिंसा जस्ता घटना बढी रहेको छ । रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई अनुसन्धान गरेर हत्या गरेकाे र संलग्न व्यक्ति लाई नियम अनुसार कार्यवाही हुनु पर्‍यो संजय निगम ले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close