इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां को अध्यक्षतामा बैठक सम्पन्न

कृष्णनगर, कपिलवस्तु , भाद्र २६
इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां को अध्यक्षतामा कृष्णनगरमा बैठक सम्पन्न ।
प्रदेश नं २ मा दलितहरु माथि भएको हिंसा , बलात्कार जस्ताे घटनाहरु दिन प्रति दिन बढी रहेको छ ।दलितहरु माथि भएको हिंसा अमानवीय रहेको ले इत्तेहाद नेपाल कपिलवस्तुले यस्तो घटनाको घोर बिरोध गर्दै दोषी माथी कडा कार्यवाही हुनु पर्ने बैठकमा उपस्थित हरूले जोड दिएका थिए। रौतहट पर्सा र जनकपुर लगायत केहि स्थानमा दलित समुदाय आन्दोलनरत पनि रह्यो । राज्यले पीड़ितलाई समाजिक न्याय सहित समाजिक सुरक्षाको प्रत्याभूति गराउन अपराधीहरूको पहिचान गर्न गराउन सक्रियता देखाएर दोषी लाई नियम अनुसार कडा कार्यवाही हुनु पर्ने कुरा इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां ले बताएl

उक्त बैठकमा दलित नेता बाबुराम काेरी , काबुतरी देवी, शिव प्रसाद, दिपेन्द्र, अनवर अहमद, अहमद नदीम , संदीप, गौरी शंकर मुहम्मद सफीक , गुड्डू, राम दीन लगायतको सहभागिता रहेको इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां ले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close