
कपिलवस्तु : नेपाल स्काउट लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाले ७० औं नेपाल स्काउटको स्थापना दिवसका अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ९ को पर्यटकिय स्थल जगदीशपुर तालमा सरसफाइ कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका उपमेयर लक्ष्मी गुप्ताले जगदीशपुर क्षेत्रको यो तालमा आन्तरिक पर्यटक र बाह्य पर्यटक प्रबर्द्धन गर्नको लागि स्काउटले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले कोभिडले विश्वलाई नै आक्रान्त पारेको बेला नेपाल पनि अछुतो रहन नसकेको समयमा पनि सामाजिक दुरि कायम गर्दै चेतनामुलक कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो । यो तालले कपिलवस्तु मात्रै नभएर नेपाललाइ विश्वसामु चिनाउन सफल भएकोले आफुले यसको संरक्षण तथा सम्बर्द्धन गर्न हरेक तह बाट प्रयत्न गरिरहने बताउनुभयो ।
यस्तै कार्यक्रममा जगदीशपुर ताल संरक्षणका अध्यक्ष ललित गुरुङले संस्थाले यो पर्यटकिय स्थानमा आएर यो सराहनीय कार्य गरेकोमा प्रशंसा गर्नुभयो । जगदीशपुर ताल विश्व सम्पदा सुचिमा सुचिकृत भएकोले र अझै पर्यटन प्रबर्द्धन गर्नु हामी सबैको दायित्व भएकोले यसलाइ आफ्नो क्षेत्रबाट सबैले पहल गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो ।
नेपाल स्काउट आफैंमा अनुशाशीत संस्था रहेकोले यसले गर्ने कार्यहरु समाजका लागि उल्लेखनीय रहदै आएका छन् । यस्तैगरी शनिबार भएको कार्यक्रममा तालको वरिपरि किनारमा रहेको फोहोर ब्याबस्थापन गर्ने र जलाशयको सौन्दर्यतामा ह्रास आउने किसिमका झारपातलाई कटान समेत गर्ने काम गरिएको थियो ।
कार्यक्रम नेपाल कपिलवस्तु नगरपालिका संयोजक अजय चौधरीको अध्यक्षता, लुम्बिनी प्रदेश समिती सदस्य सन्दीप आचार्यको बिशिस्ट आतिथ्यता , स्थानीय, समाजसेवी, बुद्धिजीवी, वडाका प्रतिनिधि सङघ संस्थाका पदाधिकारी पत्रकारलगायत काे उपस्थिति रहेको थियो ।
जिल्ला स्काउट संयोजक भगवती न्यौपानेको स्वागत मन्तब्यका साथै बुद्धभुमी संयोजक कृष्ण प्रसाद भट्टराईको संचालनमा सप्पन्न भएको थियो । सम्पुर्ण पालिका संयोजकको उपस्थिति रहनुका साथै परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।