साझा युवा संगठन सुदूर पश्चिम प्रदेश संयोजकमा रोहित चन्द

बीरगंज – साझा युवा संगठनले रोहित चन्दको संयोजकत्वमा सुदूर पश्चिम प्रदेश अन्तर्गत २७ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।
सोमबार भर्चुअल कन्फ्रेन्स मार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा दार्चुलाका पदम राज जोशी, हिरा वल्लभ ओझा, कैलालीकी करिश्मा चन्द, मञ्जु के.सी, दुर्गा सेवा, कैलालीका सनिजा नाथ, सुरेन्द्र बुढा, राम भट्ट, भास्कर जोशी, कंचनपुरका हरिस धामी, रबिन भट्ट, प्रमोद पन्त, हरि चौधौरी, कंचनपुरकी अनिता चौधरी, रमा शाही, बझाङका दिपक सिंह, आनन्द सिंह, अछामका बल ब. बोहरा, बाजुराका गणेश सिंह, लक्ष्मण सिंह, डोटीका आभास उपाध्याय, शंकर बोगटी, बैतडीका अमर भट्ट, अम्बा दत्त भट्ट, जीवन पन्त, डडेलधुराका तारणी पन्त रहेका छन्।
प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य रहेको संयोजक चन्दले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close