कोरोना संक्रमणबाट सुरक्षित रहेर माघी मनाउन प्रेस सेन्टर पर्सा अध्यक्ष गौतमको आग्रह

बढ्दो कोरोना संक्रमणबाट सुरक्षित रहेर माघी मनाउन प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमले आग्रह गर्नुभएको छ ।

आदिबासि जनजाति थारु समुदायको नयाँ बर्ष २६४६ औ सम्बतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै अध्यक्ष गौतमले , बढ्दो कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भाईसर बाट सुरक्षित भई माघी मनाउन आग्रह गर्नुभएको हो ।

यो पर्वले सबैलाई एकताबद्ध बनाई राष्ट्र बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ  । अध्यक्ष गौतमले भिडभाड नगरी आ-आफ्नो घरमा सुरक्षित बसी हर्षउलासको साथ पर्व मनाउन आग्रह गर्नुभको छ ।

पहिलाको बर्षमा स-साना त्रुटीले धेरै जनधनको क्षति भएकोले सावधानी पूर्वक चाडपर्व मनाउन सबैलाई आग्रह गर्नुभएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close