वीरगंजलाई राजधानी बनाउन माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडी प्रदर्शन

प्रदेश नम्बर २ स्थायी राजधानी वीरगञ्जलाई बनाउनु पर्ने माग गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीको घर अगाडी युवाहरु ले विरोध प्रदर्शन गरेका छन।
राजु गुप्ताको अध्यक्षतामा भएको बिरोध प्रदर्शनमा वीरगञ्ज बासी जिन्दावाद, वीरगञ्ज बेचन पाईदैन, मुख्यमन्त्री चाहीदैन, वीरसहीद अमररहे, जस्तो बिभिन्न नाराबाजी सहीत आज विहान मुख्यमन्त्री घर अगाडी विरोध प्रदर्शन भएको हो ।
उक्त विरोध प्रदर्शनमा स्थानीय युवाहरु सुजीत गिरी , महादेव कुर्मी ,सजीव यादव , पुरोषत्तम पटेल, शिवजी गुप्ता , अलीहसन, सुरज गुप्ता, सगिर अली ,अंकित मिश्रा लगायत को उपस्थिति रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close