नेपाली काङ्ग्रेस बिरगंज महानगरपालिका समिति द्वारा टुटेको सडकहरु अबिलम्ब मर्मत गर्न ध्यानाकर्षण कार्यक्रम को आयोजना

नेपाली काङ्ग्रेस बिरगंज महानगरपालिका समिति द्वारा टुटेको सडकहरु अबिलम्ब मर्मत गर्न ध्यानाकर्षण कार्यक्रम को आयोजना
लालबाबु सिंह २ माघ बिरगंज । नेपाली काङ्ग्रेस बिरगंज महानगरपालिका समितिद्वारा टुटेको सडकहरु अबिलम्ब मर्मत गर्न ध्यानाकर्षण कार्यक्रम को आयोजना गरेको छ । नेपाली काङ्ग्रेस महानगरपालिका समिती का अध्यक्ष भोला कलवार को अध्यक्षता एवम नेपाली काङ्ग्रेस का केन्द्रिय सहमहामन्त्री बद्री पाण्डे को प्रमुख आतिथ्यमा बिरगंज को घण्टाघरमा सुरक्षा उपाय अवलम्बन गरि १.३० घण्टा धर्ना दिइ ध्यानाकर्षण कार्यक्रम गरिएको थियो । बिरगंज को टुटेको सडक अबिलम्ब मर्मत गर, महानगर का मेयर ब्यवसाय हैन जनता को ख्याल गर, पाच बर्से बिकास मेनरोड कै सडक खराब , मेयर साब कर मा माननियहरु तर मा जनताहरु टुटेको सडकको पिडाको मार मा , बिरगंज लाई बदनाम गर्न पाइदैन , नेपाली काङ्ग्रेस जिन्दावाद लगायत को नाराहरु लगाइएको थियो ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका अध्यक्ष अजय कुमार दिवेदीले बिरगंज को मुटु घण्टाघर को मुख्य सडक को यस्तो अवस्था देख्दा आफुलाइ निकै लज्जा बोध भइरहेको र अझ भित्री सडक को अवश्था झन जर्जर रहेको बताउदै मेयर सान्सद बिधायक देखि सिडियो एसपी लगायत गनमाण्य ब्यक्तिहरु लगायत बाहिरी र आन्तरिक पर्यटकहरु आउने जाने मुख्य सडक बिग्रेको धेरै समय हुदा पनि नबनायेको देख्दा आफुहरुलाइ निकै आश्चर्य साथै दुख लागेकोले निकै समय भन्दा पनि मर्मत नहुदा आफुहरु मजबुर भइ ध्यानाकर्षण कार्यक्रम को माध्यम ले ध्यानाकर्षण गरायेको बताउनु भयो । ं
सो ध्यानाकर्षण कार्यक्रम का अध्यक्ष भोला कलवारले बिरगंजको विभिन्न सडकहरु को अवश्था दिन प्रतिदिन जर्जर हुँदै गइ रहेको सर्वविदितै रहेको बताउदै बिरगंज को मुटु मेनरोड लगायत विभिन्न सडकहरुको अवश्था प्रती ध्यानाकर्षण गराउदा गराउदै पनि नबनायेको पिडादायक अवश्थालाइ दवाब दिन आज को यो ध्यानाकर्षण कार्यक्रम को आयोजना गर्नु परेको हो र अबको १५ दिन भित्रै बिरगंज को सडकहरु नबनायेको खण्डमा अब महानगरपालिका , मेयर, बिधायक, सान्सद, मुख्यमन्त्री लगायत प्रशासन ,प्रशासकहरुको घर अफिस घेराउ गर्न चेतावनी पनि दिनु भएको छ ।
सो ध्यानाकर्षण कार्यक्रममा नेपाली काङ्ग्रेस का महानगर समिती , जिल्ला कार्य समिती ,केन्द्र एवम राज्यको महाधिवेशन प्रतिनिधिहरु,भातृ संगठन का पदाधिकारी सदस्यहरु करिब २५ जना को सहभागिता रहेको सो कार्यक्रम को सहजीकरण बिद्यार्थी नेता दिलिप कार्किले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close