आजपा विदेश विभाग प्रमुखको जिम्मेवारी सापकोटालाई

आजपा विदेश विभाग प्रमुखको जिम्मेवारी सापकोटालाई

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विदेश विभाग प्रमुखको जिम्मेवारी धर्मेन्द्र सापकोटालाई दिएको छ।

पार्टीको अन्तरिम विधान २०७९ को धारा ३५ (ख) बमोजिम सापकोटालाई विभागको जिम्मेवारी दिइएको आजपाले जानकारी दिएको छ।

पार्टीले आफूलाई विदेश विभागको जिम्मेवारी दिएको जानकारी आफूले पाइसकेको सापकोटाले जानकारी दिए। पार्टीले दिएको जिम्मेवारीलाई प्रभावकारी ढंगले निभाउने सापकोटाको प्रतिबद्धता छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close