
राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो।
त्यस्तै, ढुवानी १० हजार, गोष्ठीरअन्तक्र्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो।
निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ। राष्ट्रियसभा सदस्यका लागि १२ माघमा निर्वाचन हुँदैछ।
आफ्नो प्रतिक्रिया दिनुहोस




