सांसदहरुबीच हात हालाहाल र कुटाकुट

काठमाडौं-जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । जोर्डनका सभामुखले उपसभामुखलाई सदन छोड्न आदेश दिएपछि भड्किएको विवादका बीच सांसदहरुमा हात हालाहालको अवस्था आएको हो ।

विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट हुँदा उपसभामुख भने भुईमा ढलेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close