
बीरगंज, पर्सा
भारतको महावाणिज्य दूतावास
बीरगंज आजादी का अमृत महोत्सव मनाएको छ।
आजादी का अमृत महोत्सव (भारत @ 75) अन्तरगत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा मार्च 22, 2022 मा “विहार सरकार र मधेस प्रदेश सरकार बीच पर्यटन को प्रवर्द्धन” शीर्षकमा होटल भिसुवा, वीरगन्जमा छलफल आयोजना गरिएको छ।
द्विपक्षीय पर्यटन प्रवद्र्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री मा. श्री शत्रुघ्न महतो ले गरेको ञियो । पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधिहरू को सहभागी थिए तथा छलफलमा भारत र नेपालका तर्फबाट आ–आफ्ना धारणा राखेका थिए । प्रमुख अतिथिका साथ उनका प्रदेश सचिव समेत को उपस्थिति रहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धलाई वक्ताहरूले प्रकाश पारेका थिए। भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको उल्लेख गरिएको थियो । मधेस प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ध्यान केन्द्रित गरिएको थियो।
सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार र सहजीकरण गर्ने विषयमा मन्त्री ले सहमति जनाएको थियो । उहाँले उठार्इएका बिन्दुहरूलाई उचित रूपमा लिइएको र समस्याहरू समाधान गर्न उपयुक्त कदम चालिने पनि सहभागीहरूलाई आश्वासन दिएका थिए।




