भारतीय नागरिक सिमा नाका मा पक्राउ

बैशाख २२ गते

घरजान हिडेका भारत पश्चिम बंगालका २१ जनालाई ड्राईपोर्ट परवानीपुर सडक अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा परवानीपुरमा रहेको खुशी पेट्रोल पम्प नजिकैबाट आज बिहान नियन्त्रणमा लिएको हो । खेतको बाटो हुदै भागेको देखेर स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी पुगेर उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आपूmहरु सर्वोत्तम स्टील उद्योगमा काम गर्ने मजदुर रहेको बताएका छन् ।

उद्योगबाट भागेर खेतमा लुकिरहेका मजदुरहरु सबैजना पश्चिम बंगाल घर भएका भारतीयहरु रहेका छन् । पश्चिम बंगालकै ठेकेदार इन्ताजुल हकले उनीहरुलाई तीन महिना पहिले उद्योगमा कामका लागि ल्याएका थिए । लकडाउन हुनुभन्दा एकदिन पहिले ठेकेदार पुनः पश्चिम बंगाल फर्किएका थिए । लकडाउनले गर्दा उनी अहिलेसम्म नआएको र उद्योगमा खाने, बस्ने राम्रो व्यावस्था नभएपछि उनीहरु घर फर्किनलाई हिडेको बताएका थिए । उनीहरुले ठेकेदारले खान, बस्न व्यावस्था नगरेको र उद्योगमा पनि आपूmहरुलाई खाने बस्ने व्यावस्था राम्रो नभएपछि बाध्य भएर उद्योगबाट घरजानलाई हिडेको बताएका छन् । उनीहरुको बारेमा थप सोधपुछ भईरहेको र यकिन गर्नका लागि उद्योगमा समेत बुझ्न पठाईएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close