मधेस खबरकी सम्पादक माधुरी महतो ‘स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’बाट सम्मानित

वीरगन्जका स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ मधेस खबर अनलाइन पत्रिकाकी सम्पादक माधुरी महतोलाई प्रदान गरिने भएको छ।

विगत डेढ दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारितामा संलग्न महतो हाल बीबीसी नेपाली सेवामा समेत कार्यरत छिन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले उक्त पुरस्कार महतोलाई प्रदान गर्ने निर्णय गरेको शाखाका अध्यक्ष ओमप्रकाश खनालले जानकारी दिए। साथै, ‘स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार विमला गुप्तालाई प्रदान गर्ने निर्णयसमेत गरिएको उनले बताए।

यसैगरी ‘स्व. गोपाल गिरि स्मृति पत्रकारिता पुरस्कार–२०८२’ नारायणी एफएमका अध्यक्ष गोविन्द देवकोटालाई प्रदान गरिने भएको छ। ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार माघ १ गते आयोजना गरिने कार्यक्रममा प्रदान गरिने अध्यक्ष खनालले जानकारी दिए।

त्यसैगरी ‘स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२’ वरिष्ठ पत्रकार इश्वरचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय पनि गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close