रक्सौलमा फेरि प्रमोद कुमार सिन्हा कुशवाहा मैदानमा, उत्साहित समर्थकहरू : “किन पर्‍यो है झन्झटमा, टक्करमा कोही छैन..यसपालि ५० हजार पार”

रक्सौलमा फेरि प्रमोद कुमार सिन्हा कुशवाहा मैदानमा, उत्साहित समर्थकहरू : "किन पर्‍यो है झन्झटमा, टक्करमा कोही छैन..यसपालि ५० हजार पार"

राहुल गुप्ता

बिहार विधानसभा निर्वाचनको चटारो चुलिँदै जाँदा रक्सौल क्षेत्र फेरि एकपटक राजनीतिक चर्चा र रणनीतिक गनगनले भरिएको छ। यति बेला भारतीय जनता पार्टी (भाजपा) ले विश्वासको दोहोरो मोहर लगाउँदै पूर्व विधायक प्रमोद कुमार सिन्हा कुशवाहालाई पुनः रक्सौल सीटबाट आफ्नो उम्मेदवार घोषणा गरेको छ।

पार्टीको यस निर्णयले स्थानीय राजनीतिक समीकरणलाई थप चासोको विषय बनाइदिएको छ। रक्सौलको सडक, गल्ली, चोक र चौराहामा अहिले एकनासको चहलपहल छ ठाउँठाउँमा झन्डा, ब्यानर र प्रचारगीतहरूले माहोल तताइएको छ। समर्थकहरू खुलेर नारा लगाइरहेका छन्।
“किन पर्‍यो है झन्झटमा, टक्करमा कोही छैन।यसपालि ५० हजार पार!”

प्रमोद कुमार सिन्हा कुशवाहा विगतमा पनि यसै क्षेत्रबाट विजयी भइसकेका नेता हुन्। सरल स्वभाव, विकासप्रति प्रतिबद्धता र जनसम्पर्कमा बलियो पकडले उनी रक्सौलमा जनप्रिय नेता बनेका छन्। उनका समर्थकहरू भन्छन्, “उहाँको कार्यशैली र नेतृत्व क्षमताले रक्सौललाई सही दिशा दिएको छ। अहिले फेरि उहाँलाई मौका दिनुपर्छ भन्ने जनलहर स्पष्ट देखिन्छ।”

स्थानीयस्तरमा उनले अघि सारेका विकास योजनाहरू सडक विस्तार, स्वास्थ्य सेवा सुधार, र युवा रोजगारीको प्रवर्धन जनताबीच चर्चाको विषय बनेका छन्। त्यसैले पनि उनको उम्मेदवारीलाई ‘फेरि जित्ने प्रत्याशी’को रूपमा हेरिएको छ।

रक्सौलको वर्तमान राजनीतिक दृश्य अवलोकन गर्दा यस्तो देखिन्छ कि भाजपा र प्रमोद सिन्हा कुशवाहा दुबै उत्साह र तयारीको उच्च मोडमा छन्। अब निर्वाचन परिणामले के संकेत गर्छ भन्ने हेर्न बाँकी छ, तर समर्थकहरूमा भरोसा बलियो छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close