मलेसियाको प्रहरी चौकीमा हिरासतमा रहेका एक नेपालीको मृत्यु।

मलेसियाको प्रहरी चौकीमा हिरासतमा रहेका एक नेपालीको मृत्यु।

क्वालालम्पुर =मलेसियामा प्रहरी चाैकिकाे हिरासतमा रहेका एक नेपालीको मृत्यु भएको छ । मलेसियाको स्थानीय अनलाइन पत्रीका फ्रि-मलेसिया टुडेले समाचारमा उल्लेख गरे अनुसार बर्ष ३७ को नाम धन बहादुर बताइएको नेपालीलाई ।

प्रहरिले मेय महिनाको २६ तारिखमा भिसा चेकजाँच गर्दा अबैधानिक रहेको भनी पक्राउ गरेर पेटालिङजायामा रहेको जिनजाङ प्रहरि चाैकिमा जुन १० सम्मकाे लागि थप अनुसन्धानको लागी रिमान्डमा राखेका थिए ।

नेपालको ठेगाना नखुलाइएको उनको रहस्यमय तरिकाले हिरासत भित्रै मृत्यु भएको समाचारमा बताइएको छ। उक्त समाचार अनुसार जुन महिनाको २ तारिक हिरासत भित्रै रहेको बेला एक्कासि बेहाेस भेटिएका धनबहादुरलाई ।

अस्पताल लैजादै गर्दा डाक्टरले मृत घाेषणा गरेका थिए । पाेष्टमार्टम रिपाेर्ट नआएसम्म मृत्युकाे कारण थाहा नभएपनि मलेसिया स्थित विभिन्न गैर सरकारी संघसंस्थाहरूले भने मृत्यु संकास्पद रहेकाे भन्दै निष्पक्ष छानबिन गर्न माग गर्दै बिराेध गरिरहेका छन् ।

विश्वमा जस्तै अहिले मलेसियामा पनि कोरोना भाइरसको माहामारी समेत चलेको हुनाले , कतै कोरोनाले नै धनबहादुरको मृत्यु भएन भन्ने स्थानीय एमजिओहरुले आसँका पनि गरेका छ्न् ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका द्धितिय सचीव प्रतीक कार्कीसंग सम्पर्क गर्दा उनले यस विषयको बारेमा मलेसियाली पक्ष वा पुलिस स्टेशनबाट कन्सुलर सूचना प्राप्त भएको र घटना बारे दूतावासले निष्पक्ष रुपमा ।

छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराईसकेको र राजदुतावासले यस बिषयलाई एकदमै गम्भीर रूपले फलाेअप गरिरहेकाेले सत्यतथ्य बाहिर ल्याउन कुनै कसुर बाकी नराख्ने बताएका छ्न ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close