
असार १७ बीरगञ्ज
सरकारले ल्याएको नागरिकता सँशोधन विधेयकको बिरोधमा बुधवार वीरगंजमा बिरोध प्रर्दशन गरिएको छ ।नागरिक अभियान पर्साले बिधेयकको बिरोधमा रयालीसहित बिरोध प्रदर्शन गरेको हो । बिरोध रयालीले महानगरको बिभिन्न भागको परिक्रमा गरि घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । बरोध रयालीमा सहभागी भएका बिभिन्न दलका नेता कार्यकर्ताहरुले नागरिक बिधेयक फिर्ता गर लगायतका नाराहरु लगाएका थिए ।कोण सभालाई सम्बोधन गर्ने बक्ताहरुले सरकारले ल्याएको नागरिकता बिधेयकले महिलाहरुको अधिकार कुण्ठित हुने भन्दै त्यसलाई फिर्ता गर्नुपर्ने माँग गरेका थिए ।
उनीहरुले बिधेयक सरकारले फिर्ता नलिए अझै कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका थिए ।बिरोध रयालीमा बीरगञ्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी, उप प्रमुख शान्ति कार्की पर्साको बिन्दबाासिनी गाउपालिकाकी उपप्रमुख किरण देबी गुप्ता ,जनता समाजबादी पार्टीका नेता शशि कपुर मियाँ डाक्टर दिपक शाक्य लगायतको सहभागिता रहेको थियो ।




