कुवेतबाट नेपालको लागि पहिलो उडान १५८ महिला

यात्रि सहित :
Photo: Rana Lama FB wall

काठमाडौं =कुवेतबाट नेपाली महिला कामदार लिएर पहिलो जहाज उडेको छ ।

कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको हो ।

कुवेतले बिहीबार बिहान दुईवटा ‘जहाजमार्फत नेपाली महिलालाई नेपाल पठाउन लागेको हो । कुवेतले पहिलो उडान बुधबार हुन नसकेपछि बिहीबार बिहानैबाट नेपालीलाई पठाइएको हो ।

अहिले ६ बजे हुने उडानको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षण र चेक इन गर्ने काम सुरु भएको छ ।

‘हामीलाई मध्यरातमै एयरपोर्टमा लिएर आएको हो । स्वास्थ्य परीक्षण पनि भयो ।

स्वास्थ्य परीक्षणमा सफल भएपछि बोर्डिङ दिइएको छ’, दोस्राे उडानमा नेपाल आउँदै गरेकी लिम्बूले भनिन्, ‘इमिग्रेसन सकियो, अहिले हामी वेटिङ रुममा छौं ।’

बिहीबार दुई वटा जहाजमा गरी ३ सय जना नेपाली महिला रहेका छन् । उनीहरुलाई आर्दिया क्याम्प र जिलिप डिपोर्टेसनमा राखिएको थियो ।

जिलिप डिपोर्टटेसनमा ७० जना थिए । उनीहरु सबै कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत थिए ।

कोभिड– १९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिइएको थियो । कुवेतले बिना ।

जरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो ।

अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ जना रहेका छन् । जसमा पुरुष एक हजार ६ सय ८८ जना र महिला एकहजार ३ सय ३ जना छन् ।

यी सबै नेपालीलाई नेपाल ल्याउनको लागि कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ । तर सबैलाई एकैपटक नेपाल ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन ।niremupdate.blog.com

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close