भारतको महावाणिज्य दूतावास वीरगंजले भारतको ७५औं स्वतन्त्रता दिवस मनायो(भिडियो सहित )

वीरगञ्ज ३१ साउन भारतको महावाणिज्य दूतावास वीरगंज द्वारा दूतावास परिसर भित्र भारतको ७५औं स्वतन्त्रता दिवस मनाईएको छ । भारतका महावाणिज्यदूत नितेश कुमारले भारतले राष्ट्रिय झण्डा फहराएका थिए । उनले कार्यक्रममा उपस्थित सबैले राष्ट्रिय गान गाएपछि राष्ट्रका नाममा राष्ट्रपतिको सम्बोधन पढदै शुभकामना व्यत गरेका थिए ।

सोकार्यक्रममा प्रदेश नं २का मुख्यमन्त्री लालबाबु राउत गड्डी, वीरगन्ज महानगरपालिकाका मेयर वीजय सरावगी, भारत नेपाल सहयोग मञ्चका अध्यक्ष, वरिष्ठ पत्रकार, प्रधानाध्यापक लगायतका प्रदेश २ का विज्ञव्यतिmहरुको व्यक्तित्वहरुको पूर्व–रेकर्ड गरिएको छोटो भिडियो सन्देशहरुको देखाइएको थियो । त्यसैगरी स्कूलका विद्यार्थीहरु द्वारा एक पूर्व–रेकर्ड गरिएको छोटो सांस्कृतिक कार्यक्रम पनि देखाईएको थियो ।

कोभिड –१९ महामारीलाई ध्यानमा राख्दै समुदायका सदस्यहरुलाई दूतावासको फेसबुक पेज मार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारणमा सामेल हुन आमन्त्रित गरिएको थियो। भने कार्यक्रममा वाणिज्य दूतावासका अधिकारीहरु कर्मचारीहरु र उनका परिवारका सदस्यहरु व्यक्तिगत रुपमा उपस्थित थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close