पिएनसिसि मलेसियाको जनचेतना र सुचना सम्बन्धि कार्यक्रम तथा सामग्री तयारी अन्तरकृया कार्यक्रम सम्पन्न ।

प्रवासि नेपाली समन्वय समिति (PNCC), मलेसियाले मलेसिया स्थित एभरेस्ट किचेनको हलमा अगष्ट २६ तारीख जनचेता र सुचना सम्बन्धि कार्यक्रम तथा सामग्री तयारी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

बैदेशिक रोजगारीको लागि मलेसियामा रहेका नेपाली श्रमिकहरुले भोग्नु परेको समस्या र त्येसको कारण पहिचान गरि उक्त समस्या समाधान र न्युनिकरणको लागि के कस्ता जनचेतनामुलक कार्यक्रम तथा सामग्रीहरुले गर्न सक्छ भन्ने सल्लाह सुझाव संकलन गरि आगामि दिनमा कार्यनयन गर्न उक्त कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा नेपाली राजदुतावास मलेसियाका श्रम सहचारी प्रकाश पन्थी, एनआरएनएका केन्द्रीय सदस्य संकर बहादुर पौडेल, नेपाल आदिवास जनजाति मलेसियाका अध्यक्ष बिपिन राई, हामी ग्लोबल नेपाली मलेसियाका संयोजक पासाङ तामाङ, शुदुरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष कौलास बोहोरा, ओखलढुंगा सेवा समाज मलेसियाका अध्यक्ष हिरालाल दयाल, किराँत याक्थपम चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ, नेपाल तामाङ घेदुङ मलेसियाका महासचिव छिवाङ पाख्रिङ, असल छिमेकी मलेसियाका सल्लाहकार जागिर धन गुरुङ, नेपाल कलाकार संघ मलेसियाका अमिर लोप्चन लगायत एक दर्जन बढि संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो धारण र सुझाव दिने क्रममा मलेसियामा रहेको सम्पूर्ण संघसंस्थाहरु संग सहकार्य र समन्वय गरि स्वस्थ, हक अधिकार र नियम कानुन सम्बन्धि बिषयका बिज्ञहरु नेपालबाट ल्याएर वा मलेसियाकै बिज्ञहरु द्वारा नेपाली श्रमिकहरुलाई परामर्श र प्रशिक्षण प्रदान साथै सामाजिक संजाल र संचारमाध्यको प्रयोग गरि भिडियो, पोस्टर जस्ता सामग्री प्रचारप्रसार गर्दा सबैको पहुँचमा पुग्ने र जनचेतना अभिबृद्धि हुने कुरामा जोड दिएका थिए ।

मलेसियामा रहेका नेपाली श्रमिकहरु समस्या पर्नुको मुल कारण ब्यक्तिगत स्वास्थ, यहाँका नियम कानुन र शिप संघ सम्बन्धि जानकारीको कमि हो । यसको निम्ति धेरै दुतावासले पनि सहायता सधै गरेको छ र आगामी दिनमा पनि गर्ने प्रतिबद्धता नेपाली दुतवास मलेसियाका श्रम सहचारी प्रकाश पन्थीले ब्यक्त गरे ।

साथै प्रवासी नेपाली समन्वय समितिको बारे नेपाल मै छदा देखि नै जानकार रहेकोले यहाँ आवश्यक सहयोग र समन्वयको लागि तत्पर रहेको पनि पन्थीले बताए ।

कार्यक्रको प्रवासी नेपाली समन्वय समितिको उद्देश्य र आगामी कार्य योजना सफल पार्न परियोजना ब्यबस्थापन समिति गठन कार्य सम्पन्न भएको साथै मलेसियाको विभिन्न क्षेत्रमा आठ जना सयंमशेवकहरु पनि नियुक्ति गरि आगामी कार्यक्रमको लागि तयारी रहेको र यस अन्तरकृया कार्यक्रमबाट प्राप्त सुझावहरुको आधारमा आगामी कार्यहरु गर्ने प्रवासी नेपाली समन्वय समिति, मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close