चिन विरुद्ध नेविसंघ पर्साद्वारा बिरगंजको घन्टाघरमा प्रदर्शन ।(भिडियो सहित )

वीरगञ्ज , असोज १० गते शनिबार ।

चीन बिरुद्ध नेपाल विद्यार्थी संघ पर्साले प्रदर्शन गरेको छ । चिनले अवैध तरिकाले नेपालको भुमि मिचेर भवन बनाएको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको थियो ।

नेविसंघ पर्सासँग आबद्ध विद्यार्थी नेताहरुले शनिबार वीरगञ्जको घण्टाघरमा सङ्घीय सरकार र चिन विरुद्ध प्रदर्शन गरेका थिए । चिनले नेपालको हुम्ला नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँस्थित लाप्चामा नेपाली भूमि अतिक्रमण गरेर नौं वटा भवन बनाएको विरुद्धमा विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुले चिन सरकार विरुद्ध चर्को नाराबाजी गर्दै मिचिएको नेपाली भूमिलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरेका थिए । उनीहरुले चिनले नेपालमाथि गरिरहेको सहेर नसक्ने बताउँदै भूमि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि सुदीर पटेलले सङ्घीय सरकारले नेपालको भूमि नमिचिएको भनेर घोषणा गर्नु दुर्भायापूर्ण भएको बताए । उनले नेपालको कम्युनिष्ट सरकार चिनको अगाडी झुकेको बताउँदै नेविसंघले देशको एक इन्च भूमिपनि कसैलाई नलिन दिने बताए ।

 

नेविसंघ पर्साका उपाध्यक्ष विकेश पटेलको नेतृत्वमा आयोजित विरोध सभामा संघको वीरगञ्ज महानगरपालिका कमिटि आध्यक्ष विवेक कलवार, तरुण दलका नेता मिक्कु सिंह, पोखरिया नगर कमिटिका अध्यक्ष सन्तोष महताे , पर्सागढी नगर कमिटिका अध्यक्ष मञ्जिव मिश्रा, विशाल पटेल, आकाश प्रजापति लगायतकाको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close