नेपालमा प्रतिवन्ध, युरोपमा खुला- नेपाली गाँजा

कुनै समय लागुऔषध मानिँदै आएको गाँजाले अन्तर्राष्ट्रिय स्तरमा वैधानिकता पाउने क्रम बढेको छ। गाँजा भन्ने वित्तिकै धेरैलाई नकारात्मक सोच र एक प्रकारको कडा लागूऔषध भन्ने पर्छ। हिजो म पनि त्यस्तै सोच्थेँ। अर्को कुरा, कसैले गाँजाको कुरा गरेर नेपालमा पनि गाँजा खुला हुनुपर्छ भन्यो आवाज उठाउँदा हाम्रो समाजमा यो त ‘गजडिया’ रहेछ भनेर हेप्ने र तल्ल स्तरको गाली गर्ने सोचाई छ।

कसैले ह्वीस्की, वाईन, वियर खाँदै फेसबुकमा फोटो राख्यो भने उसलाई कसैले औंला उठाउँदैन। तर तपाईँ  मात्र २ ग्राम गाजा हातमा राखेर फोटो खिच्नुभयो भने भोलिबाट तपाईको नामै ‘गजडिया’ हुन्छ।

म गाँजाको बारेमा त्यति धेरै जानकार त छैन। तर ह्वीस्की, वाईन र वियर पिउनुभन्दा १५ दिनमा एक पटक एक खिली गाँजा सेवन गर्नु स्वास्थको लागि अत्यन्त उत्तम हुने विज्ञहरूले बताउँदै आएका छन्। अझ गाजाको दाना जसलाई हामी भागो भन्छौं त्यो अचारका लागि अति स्वादिष्ट हो। कतिपय पहाडी जिल्लातिर अझै पनि भागो र खट्टे (चामल भुटेर वनाएको परिकार) भुटेर महमा मोलेर खाजाको रूपमा खाने गर्छन्। म अहिले पनि यस्तो परिकार बनाएर खाइरहेको छु।

चुरोटभन्दा गाजा उत्तम हो। गाजा पनि दिनकै २/४ पटक खाने हो भने त यसले स्वास्थलाई नराम्रो असर गर्ला। तर नेपाल सरकारले गाजालाई जुन क्याटेगोरीमा राखिएको छ त्यो दूर्भाग्यपूर्ण छ।

धेरै वर्ष पहिला नेपालमा पनि गाजा वैध थियो। नेपालको पहाडी जिल्लाका गाँजा संसार कै उत्तम मानिन्छ, त्यही गाँजा खान कतिपय पर्यटक नेपाल आउँथे। तर तत्कालिन सरकारले गाजालाई लागू औषधमा राखिदियो। यसरी नेपालले लागू औषधमा राखेको गाजा युरोपमा भने वैध छ। setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close