इटलीविरुद्धको खेलअघि किफरकी प्रेमिकाको हट फोटोसुट

वेल्सका २८ वर्षीय किफर मुर स्विचरल्यान्डविरुद्धको सुरुवाती खेलपछि एकाएक चर्चामा आए । आफ्नो टोली एक शुन्यले पछि परेको अवस्थामा उनले हेडरमार्फत बराबरी गोल फर्काएका थिए । वेल्सको जर्सीमा यो उनको डेब्यु गोल थियो ।

वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० ले हराएपछि अन्तिम १६ मा पुग्ने संभावना बलियो बनाएको छ ।

र, अहिले किफर नभएर उनकी प्रेमिका चर्चामा छिन् । इटलीविरुद्धको समूह चरणको खेलअघि किफरकी पार्टनर चार्लोट्टी रसेलले हट फोटोसुट गराएकी छिन् ।

रोममा हुने खेलमा टोलीको हौसला बढाउनका लागि २६ वर्षीय रसेल प्रत्यक्ष उपस्थित हुनेछिन् । नेपाली समयअनुसार राती ९ः४५ मा इटली र वेल्स भिड्दैछन् । ratopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close