
काठमाण्डाै – अस्ट्रेलियाले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरेको छ । अस्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न पुगेका जोकोभिचको भिसा रद्द भएको हो । उनलाई मेलवर्नको विमानस्थलमा केही घण्टा रोकिएको थियो ।
त्यसपछि उनले अस्ट्रेलिया प्रवेश गर्ने नियम पालना नगरेको पाइएको थियो । कोरोना भाइरसविरुद्धको खोप लगाए–नलगाएको सार्वजनिक नगरेका जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्नकै लागि एक दिन पहिले खोप नलगाए पनि हुने गरी छुट दिइएको थियो।
यस्तै, उनको टिमले कोरोना विरुद्धको खोप नलगाएको अवस्थामा अस्ट्रेलिया प्रवेशका लागि दिइने छुटसहितको भिसाका लागि आग्रह समेत नगरेको पाइएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोही पनि व्यक्ति नियम भन्दा माथि नरहेको बताउनु भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




