
पर्सा क्रिकेट संघ द्वारा सातौ साधारणसभा तथा जिल्ला अधिवेशन कार्यक्रममा प्रतिवेदन पेश
पर्सा क्रिकेट संघ द्वारा सातौ साधारणसभा तथा जिल्ला अधिवेशन कार्यक्रमको आयोजना आज बिरगंज स्थित होटेल भिस्वामा सम्पन्न गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि रहेका बिरगंज महानगर पालिकाका उप-मेयर इम्तियाज आलमले पानसमा बत्ति बाली कार्यक्रमको उद्वाधाटन गरेका थिए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका उप-मेयर इम्तियाज पर्सा क्रीकेट संघलाई बिरगंज महानगरपालिकाले आवस्यक सहयोग गर्न तयार रहेको बताए ।क्रीकेटको लागि आवस्यक पर्ने कुराहरु लिखित रुपमा दिन उनले भने ।अहिले क्रीकेट खेल को पुरै दुनियामा लोकप्रियता बढेको कारणले गर्दा बिरगंजको नाम पनि क्रीकेट जगतमा नाम होस भन्ने चाहाना रहेको बताए । त्यस्तै उप-मेयरले पर्सा क्रीकेट संघमा अब आउने नेतृत्वलाई बधाइ तथा सफल कार्यकाल शुभकामना दिएका छन।
छैठो सभामा पेस गरिएको प्रतिबेदनमा पर्सा जिल्ला क्रीकेट संघ २ वर्ष जति कोभिड कारन थलिएको तथा कुनै किसिम को क्रीकेट आयोजना नगरिएको तथा त्यस पश्चात् क्रीकेट एसोसिएसन अफ नेपाल द्वारा संचालित सम्पुर्ण कार्यक्रम सफल्तापुर्वक सम्पन्न गराएको जनाएको छ ।
पर्सा क्रीकेट संघको पहलमा विभिन्न निजि क्लब तथा संघ सस्था द्वारा संचालित क्रीकेट खेल प्रतियोगिताहरु संघको निगरानी तथा विशेष सहयोगमा निशुल्क रुपमा ग्राउन्ड उपलब्ध गराइएको प्रतिबेदनमा भनिएको छ । त्यसतै शहरी भेगमा मात्र सिमित रहेको क्रीकेटलाई ग्रामीण भागमा पुर्याउन समेत सहयोग गरिएको छ ।
त्यस्तै पर्सा क्रीकेट संघले खेलाडीहरु लाई इम्पायरर तथा प्रशिक्षण जस्ता तालिमहरु मा भाग लिन विभिन्न कार्यक्रम संचालन गरिएको जनाएको छ। नारायणी रंगशाला परिसरमा रहेको बिरगंज क्रीकेट ग्राउन्ड को लागि प्रदेश सरकारले उपलब्ध गराएको बजेटले खेलमैदान को स्तरोन्नति,पवेलियन र ड्रेसिङ रुम तथा शौचालय बनाइएको छ । त्यस्तै बिरगंज क्रीकेट संघले खेलमैदानमा देखिएको जग्गा सम्बन्धि विवाद समाधान गर्न पहल गर्ने जनाएको छ ।
आज भएको साथौ साधारणसभा तथा जिल्ला अधिवेशनमा प्रमुख अतिथि को रुपमा बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमलाइ मायाको चिनो दिएर सम्मान गरेका थिए । विशेष अतिथीको रुपमा माधव कर्मचार्य रहेका थिए । सो कार्यक्रम पर्सा क्रीकेट संघका अध्यक्ष दाउद अंसारीको अध्यक्षतामा सम्पन्न भएको छ । सो कार्यक्रममा नेपाली कांग्रेस का युवा नेता धर्मराज यादव , उप मेयरका स्वकीय सचिव शेष हजरा ,पत्रकार राहुल गुप्ताको उपस्थिति रहेको थियो l सो कार्यक्रमको सहजीकरण घनश्याम गुप्ताले गरेका थिए ।




