
भेट्रान सिटी क्लब,वीरगंजको आयोजनामा यहि कार्तिक १८ गते देखि २५ गते सम्म, बीरगंजको आर्दशनगर रंगशालामा हुन् गईरहेको छ। प्रथम बीरगंज गोल्ड कप फुटबल प्रतियोगिता मधेस प्रदेश पहिलो ठुलो प्रतियोगिता रहेको छ।
यस प्रतियोगिताको मुख्य उद्देश्य नै पर्यटन प्रवर्द्धन एवम खेल्को विकास “संगै धरायसी हुन् लागेको फुटबल खेललाई निरन्तरता दिनु हो।” मधेश प्रदेश कै सर्वोधिक धनराशी भएको यो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ।
राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका ख्याति प्राप्त कलबहरुको सहभागितामा यो प्रथम बीरगंज गोल्ड कप प्रतियोगिता आयोजना गर्न लागिएको हो भन्ने बारे संक्षिप्त पत्रकार सम्मेलन गरि जानकारी गराएका छन।
त्यसतै,प्रथम पुरस्कार ११ लाख ११ हजार १ सय एघार रुपैया रहेको छ भने दोस्रो पुरस्कार ५ लाख ५५ हजार ५ सय ५५ रुपैया रहेको छ। प्रत्येक दिन म्यान अफ द म्याच सहितको विधागत पुरस्कार वितरण गरिन्छ भने कुल फुटबलमा आठ टिमको सहभागीता रहने छ। जस्तै टिमहरु त्रिभुवन आर्मी कल्ब(काठमाडौं),नेपाल पुलिस कल्ब(काठमाडौं),संकट कल्ब(काठमाडौं),API POWER चर्च वाइज युनाइटेड(नवलपरासी),झापा एफ.सी.(झापा),क्लाईभ हाउस दमदम(कलकत्ता),FCI north Zone Football Team(Noida,India) र भेट्रान सिटी क्लब(वीरगंज) रहेको छ।
प्रथम बीरगंज गोल्ड कप फुटबल प्रतियोगितामा कुल लागत ८० लाख रहेको छ। ५ हजार दर्शक हेर्ने क्षमताका व्यवस्था गरिएको छ। टिकट प्रती व्यक्ति दर रु १०० र सिजलन टिकट रु १००० सिजलन टिकटले सम्पूर्ण म्याच हेर्न पाईने वरिष्ठ उपाध्यक्ष सागर राणाले बताए ।
त्यस्तै ब्रेक अफ डेट अर्थात कार्तिक २४ गते नेपाल भारतका महिला फुलबल टोली द्वारा एकदिने मैत्रीपूर्ण रोमान्चकारी फुटबल प्रतियोगिताको प्रदर्शन गरिने छ।
बिगत केही वर्ष देखि नेपाल मा फुटबल खेल को आयोजना कम भएको र क्रेज पनि कम हुन थालेपछी वीरगन्जमा फुटबलकाे क्रेज बढाउन पाँच वर्षपछि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजक क्लबका महासचिव पंकज श्रेष्ठले श्रेष्ठले बताए ।




