
राहुल गुप्ता
वीरगंज स्पोर्टस एकेडमी ( BSA) र लायन्स क्लव अफ बीरगंज परिवारको संयुक्त आयोजनामा बीरगंजमा ५ औ कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । ५ ओभरको खेलमा ६ खेलाडी समलित लिग र नक आउटको व्यवस्थामा मिलाईएको आयोजकले जनाएका छन। बिरगंजका आसपास का कर्पोरेट सस्था हरु बैक बित्तिय सस्था,इन्सोरेन्स कम्पनी,फर्मास्युटिकल्स ,गाडी बिक्रेता कम्पनिहरु,उत्पादन मुलक सस्थाहरु समाबेस हुने खेल ले मनोरञ्जन एबम कर्पोरेट कल्चर लाई सस्थागत गर्ने साथै corporate सस्था हरु का बिच मा आपसी सम्बन्ध लाई प्रगाढ बनाउने यस प्रतियोगिता को आयोजना गर्न लागिएको हो ।
बिगत ४ सिजन सम्पन्न भइसकेको यस प्रतियोगिता पछिल्लो समय कोरोना एबम बिबिध कारण ले रोकिएको थियो।२०१३,२०१४,२०१५ र २०१८ मा १२ टिम सम्मिलित प्रतियोगिता सम्पन्न भइसकेको सस्थाका सचीव नरेश रौनियार ले बताएका छन।यो सिजन यहि मसिर १ र ८ गते आदर्शनगरस्थित मैदान मा १६ टिम सम्मिलित रहनेछन भने केही टिम हरुले रजिस्ट्रेसन समेत गराइसकेको उनले बताए ।
प्रतियोगिता आदर्शनगर स्थित रंगशालामा हुने र प्रतियोगिता का लागि १२ भन्दा बढी क्लब को अनुरोध आएको कुरा बिरगन्ज स्पोर्टस एकेडमी का सन्योजक वैकुण्ठ श्रीवास्तव जनाएका छन् ।
यो प्रतियोगिता रु. ३ लाखको खर्चमा आयोजना हुन लागेको छ। प्रतियोगितामा बिजेता उपबिजेता,लाई सिल्ड एबम उत्कृष्ट बलर,ब्याट्सम्यान ,फिल्डर एबम खेलाडीहरु लाइ मेडल द्वारा पुरस्कृत गरिने आयोजक ले बताएका छन।




