
बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा कोएष्ट फर्माटिकल्स ग्रुप विजयी भएको छ । आज आदर्शनगर रंगशालामा भएको खेलमा कोएष्ट फर्माटिकल्स ग्रुप र नेपाल टेलिकम बीच भएको थियो।कोएष्ट फर्माटिकल्स ग्रुप ले टस जितेर पहिलो फिल्डिग रोजेको थियोे भने नेपाल टेलिकम ६ ओभरमा ५४ रनबनाई ५५ रनको टार्गेट दिएको थियोे भने कोएष्ट फर्माटिकल्स ग्रुपले सजिलो संग ५५ रन बनाई कोएष्ट फर्माटिकल्स ग्रुप विजयी भएको हो ।आजको खेलको म्यान अफ दी म्याच कोएष्ट फर्माटिकल्स ग्रुपका प्रबल कसाजु घोषित भएका छन।
प्रतियोगिता लायन्स क्लब अफ बिरगंज परिवार एवम् स्पोटर्स एकेडेको संयुक्त आयोजनामा हुने लायन्स क्लब अफ बिरगंज परिवारका उपाध्यक्ष नरोतम पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितामा बिरगंजको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको आयोजकले जनाएको छ । यस टुनामेन्टमा सलिको इन्स्योरेन्सले खेलाडीहरुलाई चोटपटक लागेमा १ लाख सम्मको उपचार बिमा गरेको जानकारी गराइएको छ भने हेल्थ उपचारको लागि प्रमु हस्पिटलले सहयोग गरिरहेको छ ।




