
प्रहरीले बिहीबार राति ठमेललाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न दिपक मनाङ्गेलाई एकजना सहयोगीसहित प्रक्राउ गरेको छ। विभिन्न ब्यापारीलाई धम्काएर रकम असुली गरेको आरोपमा मनाङ्गेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले धम्काउनेदेखि ठमेलमा संचालित अवैध धन्दामा संरक्षक बन्दै आएका उनलाई संगठित अपराध अन्तर्गत पक्राउ गरी कारवाही अघि बढेको जानकारी दिए। उनले पछिल्लो समय सक्रिय रहेका मनाङ्गे बिरुद्ध प्रहरीमा आधा दर्जन बढी मौखिक उजुरी परेको जानकारी दिए। nagrik dainik
आफ्नो प्रतिक्रिया दिनुहोस




