महिला सन्चारकर्मीद्वारा सन्चालित मध्य नेपाल सन्देश’ को पाँचौं बार्षिक उत्सव सम्पन्न , ६ जना सम्मानित ।

अजित भुजेल

बिरगंज , भदौ ११ गते शुक्रबार ।

मध्य नेपाल मिडिया प्रा.लि.द्धारा संचालित मध्य नेपाल पत्रिकाको पाँचौ वार्षिकोत्सव सम्पन्न भएको छ । महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देश पत्रिकाका पाँचौ बार्षिक उत्सव सम्पन्न भएको पत्रीकाका प्रकाशक कबिता खड्काले जानकारी गराउनु भयो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार भएको कार्यक्रममा ‘पत्रकारिता क्षेत्रमा महिलाहरुको अवसर र चुनौतीको’ विषयमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रदेश २ मा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन कार्ययोजना बनाउने काम भईरहेको बताएका छन् । आर्थिक भारबाट बन्द हुने स्थानीय अबल पत्रिकालाई प्राथमिकतामा राखी अगाडी बढाउने बताए ।

उनले पहुँचको आधारमा बिज्ञापन दिने कामलाई समेत निरुत्साहित गरिने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री साहले सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन मन्त्रालय गम्भिर रहेको भन्दै सञ्चार संस्थालाई बर्गाीकरण गरेर त्यसकै आधारमा लोककल्याणकारी बिज्ञापन उपलब्ध हुने प्रतिवद्धता जनाएका छन् ।

प्रदेश २ मा घुम्टो प्रथा, बोक्सी प्रथा जस्ता विकृतिहरुले पनि महिलाहरुलाई मुलधारमा ल्याउनबाट वञ्चित गराएको हुँदा सञ्चार माध्यम मार्फत समाजमा विद्यमान विकृतिहरुबारे नागरिकलाई जागरुप बनाउनुपर्नेमा उनले जोड दिए । राज्यको चौथो अंग पत्रकारिताबाट समाजको रुपान्तरण गर्ने चेष्टाका साथै उत्पिडीत जनताका आवाजहरुलाई राज्यको निकायमा पुर्याउने कार्यको उनले प्रशंसा गरे ।

कार्यक्रममा पाको उमेरमा पनी जिल्ला मै सबैभन्दा बढी न्याय सम्पादन गरेकी बिरगंज महानगर पालिकाका उपमेयर शान्ति कार्की, महिला स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने प्रभु हस्पिटलकी संचालिका डा. लक्ष्मी थापा , यसैगरी पत्रिकामा समाचार, लेख रचना लगायतका सामग्री उत्पादन गर्ने उत्कृष्ट दुई महिला पत्रकार शोभा धमला र सबनम भट्टराईलाई सम्मान गरिएको थियो । यस्तै कोरोना कालमा फ्रन्टलाईनमा खटेर जनतालाई सुशुचित गर्ने एम्बुलेन्स चालकदय मुमताज मियाँ र रामनेरश यादवलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी बल पर्साका एसपी राजेन्द्र खड्का, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, नेकपा माओवादी केन्द्र प्रदेश नं. २ का प्रदेश सदस्य छोटेलाल प्रसाद यादव, प्रदेश सांसद भिमा यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारी, उधोग वाणिज्य संघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, पुर्व अध्यक्ष अशोक बैध, नेपाल रेडक्रस सोसाईटिका उपाध्यक्ष मधु राणा, समाजसेवी पशुपति विक्राम शाह, उषा शाह लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close