पर्साका ७८ जना पत्रकारले आज बुस्टर खोप लिए ।

बिरगंज , माघा ०७ गते शुक्रबार ।

पर्साका ७८ जना पत्रकारले आज बुस्टर खोप लिएका थिए ।
कोरोना बिरूद्धको दोश्रो खोप लिएको ६ महिना बिति सकेका पर्सेली संचारकर्मीहरूले आज शुक्रबार दिउँसो १ बजे नेपाल पत्रकार महासंघको भवनमा बुस्टर डोज लगाएका हुन ।
आज शुक्रबार बुस्टर खोप ७८ जना सन्चारकर्मोले लगाएको पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारीले प्रहार डेली न्यूजलाई जानकारी दिनु भयो ।

बुस्टर खोप लगाउनेमा प्रेस काउन्सिलका केन्द्रिय सदस्य लालबाबु शेख , नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य केसि लामिछाने , पर्साका अध्यक्ष अनुप तिवारि , कोयाध्यक्ष सन्जिव मिश्र , वरिष्ठ पत्रकार जगदिश शर्मा , पुर्व अध्यक्ष शत्रुधन नेपाल , अशोक तिवारि , न्युज २४ का केन्द्रिय ब्युरो प्रमुख राजु श्रेष्ठ , तुलसी भन्डारि, बिजय कुशवाह , बिनोद परियार , कन्हैया गुप्ता ,नवीन कार्की,नुर आलम , नितेश कर्ण, कृष्णा यादव , अमित अग्रवाल , मनोज मिश्रा , हरिशंकर शर्मा लगायतकाले खोप लिएको अध्यक्ष तिवारीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close