वीरगञ्जमा क्लिनिकहरुको भिडमा थपियो पर्सा हेल्थ क्लिनिक प्रा.लि.।

अजित भुजेल

वीरगञ्ज, साउन २९ गते शुक्रबार ।

वीरगञ्जमा रहेका क्लिनिकहरुको भिडमा एउटा नयाँ क्लिनिक थपिएको छ । युवा सञ्चारकर्मी समेत रहेका आँसु कुमार सर्राफले गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने अभिप्रायले पर्सा हेल्थ क्लिनिक प्रा.लि. सञ्चालन गरेका हुन् ।

पछिल्लो समयमा स्वास्थ्य जस्तो संवेदनशिल विषयवस्तुलाई व्यापार बनाएर व्यापारिकरण गर्ने प्रवृति हावी भएपछि सस्तो, सर्वसुलभ र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने सञ्चालक सर्राफको लक्ष्य छ । क्लिनिकको शुक्रवार एक कार्यक्रमका बिच सञ्चालक सर्राफका बुबा रामकुमार सर्राफ र आमा मनोरमा सर्राफले सँयुक्त रुपमा उद्घाटन गरेका छन् ।

तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता’ भन्ने ध्येयका साथ वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ बिर्ता एडभान्स हस्पिटलको विपरिति दिशातिर सञ्चालित क्लिनिकमा ल्याब परिक्षणको समेत सुविधा रहेको छ । रगत, दिशा, पिसाव लगायतको परीक्षण समेत गर्न सकिने छ ।

बरिष्ठ फिजिसियन डा. सरोज रोशन दासले स्वास्थ्य परीक्षण गर्ने छन् । गरिब, विपन्न एवम् न्युन आर्थीक अवस्थाका बिरामीहरुको अवस्थाअनुसार निःशूल्क र विशेष छुटका साथ स्वास्थ्य परीक्षण गरिने डा. दासले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close