
अजित भुजेल
बिरगंज , माघ ०६ गते मंगलवार ।
स्व . बिन्दु देबि पान्डे स्मृति प्रतिष्ठानद्वारा आयोजित स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासघ पर्साका सस्थापक सदस्य एवंम वरिष्ठ पत्रकार शन्कर खतिवडालाई प्रदान गरिएको छ ।उहालाई नगद ११ हजार १ सय ११ रुपैया नगदको साथै सम्मानपत्रले सम्मानित गरिएको हो।
शंकर खतिवडा बि. स. २०१३ साल जेष्ठ १२ गते जन्मेको र पत्रकारिता सुरु गरेको बि. स. २०३७ साल देखि राष्ट्रिय ध्वनीबाट हुँदै २०३९ साल देखि मोर्चा साप्ताहिक पत्रीकाको प्रकाशक / सम्पादकको रुपमा निरन्तर कलम चलाउदै ४० बर्ष पुगि सकेको हाल ६५ बर्ष पुगि सक्दा पनि पत्रकारितालाई माया गर्दै आउने पुस्ताहरुलाई पत्रकारिता स्वच्छ र अनुशासित रुपमा लैजान र यसको छवि नबिगार्न समेत सल्लाह दिनु भयो।
सम्मानित भैइ सकेपछि वहाले यो पुरस्कार पत्रकार महासघ पर्साले आयोजना गर्नु पर्नेमा नगरेकोमा दु:ख व्यक्त गर्नुभयो।पत्रकार महासघ सबै पत्रकारहरुको साझा संगठन भएकोले सबैको दु:ख र सुखमा महासघले पहल गर्नु पर्नेमा कसैलाई काखा र कसैलाई पाखा लगाउने कार्य भएकोमा आफुलाई चित्त दुखेको समेत बताए ।म यो पुरस्कारबाट सम्मानित नभैइ सिङ्गो पत्रकार जगत सम्मानित भएको र आउने दिनहरुमा अरुपनि अग्रज पत्रकार , कृयाशिल र खोजमुलक पत्रकारहरु सम्मानित हुने आशा राखेको बताए।
मंगलवार होटेल कुमु प्यालेसमा स्व. बिन्दु देबि पान्डे स्मृति प्रतिष्ठानद्वारा आयोजित स्व. बिजय प्रकाशक बिनले बिरगंजमा पहिलो भोजपुरी पत्रीका प्रकाशन गर्दै आउनु भएको वरिष्ठ पत्रकारको सम्झनामा स्व. बिजय प्रकाश बिन स्मृति पहिलो पत्रकारिता पुरस्कार तथा सम्मान समारोहका अध्यक्ष तुलसि भन्डारीको अध्यक्षतामा र बिरगंज महानगरका नगर प्रमुख बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका बिशिस्ट अतिथि नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , सदस्य जगत राई , खोज पत्रकारिता केन्द्रका अध्यक्ष एवंम प्रेस काउन्सिलका पुर्व सदस्य वरिष्ठ पत्रकार चन्द्रकिशोर झा , पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , सचिव युवराज खडका, संघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल , प्रेस संगठन पर्साका सहसन्योजक अनुप तिवारी , आर्थिक पत्रकार सघ पर्साका संयोजक रितेष त्रिपाठी , बरिस्ठ पत्रकार सुदर्शन राज पान्डे , सरोज खड्का लगायतकाको सहभागिता रहेको थियो ।
स्वागत बिजय भन्डारीले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन प्रतिष्ठानका सचिब माधुरि महतोले गर्नु भएको थियो ।




